आज:  | Sat, 27, Apr, 2024

आज माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परे

५ चैत्र २०८०, सोमबार ११:३२ मा प्रकाशित ( १ महिना अघि) २१७ पाठक संख्या
नारी बाटिका


काठमाडौं ५ चैत ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एव्ं नेता कृष्णबहादुर महरा आज बिहान पक्राउ परेका छन् । केही समय अघिदेखीको चर्चामा रहेको सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका हुन् ।

महरालाई रुपन्देहीबाट पक्राउ गरेर काठमाडौँ तर्फ ल्याउन लागिएको केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले जानकारी दिनु भयो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख कुबेर कडायतले भैरहवाबाट उनलाई काठमाडौं पठाउन लागेको पुष्टि गर्दै भन्नुु ‘अहिले काठमाडौं पठाउने तयारीमा छौं।’

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए। त्यही अनुसार प्रहरीले सक्रियता बढाएको छ। हिजो मात्र , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको ज एआइजी श्यामलाल ज्ञवालीले सुन तस्करी प्रकरणको पुरक अनुसन्धान गर्ने जनाएका थिए।

गत २०७९ पुस १० मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडान मार्फत इलेक्ट्रिक सिगरेट (भेप)ल्याएका थिए। ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो। सो प्रकरणमा महराको पटक पटक फोन तथा संवाद ‘कनेक्सन’ देखिएको थियो। सीआईबीले उनी विरुद्ध मुद्दा नचलाई कागज गरेर छाडेको थियो।

महराका छोरा राहुल महरा भने सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्। पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%३%१%

प्रतिक्रिया दिनुहोस