आज:  | Fri, 03, May, 2024

धादिङमा चितुवाकोआक्रमणबाट ४जना घाईते,प्रतिकारमा चितुवाको मृत्यू

६ चैत्र २०८०, मंगलवार १५:३४ मा प्रकाशित ( १ महिना अघि) ४३३ पाठक संख्या
नारी बाटिका


धादिङ,६ चैत्र ।

भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङमा चितुवाको आक्रमणबाट ४ जना घाईते भएका छन् । मानिसलाई चितुवाले आक्रमण गरी घाईते बनाएपछी चितुवासंग प्रतिकारमा गर्ने क्रममा उक्त चितुवाको मृत्यू भएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका –७ तल्लोबेशीमा शोमबार बेलुकी चिुतुवाले घरमा पालेको ककुरलाई आक्रमण गरी लगेपछि कुकुर खोज्न जाँदा पहिले कुकुरधनी दिपक श्रेष्ठलाई चितुवाले आक्रमण गरेको थियो ।

त्यसपछि सोही स्थानका स्थानियवासीहरुलाई चितुवाले आक्रमण गरेको तल्लोबेशीबाट निलकण्ठ ४ निबासी मन्जु रानाले बताउनु भयो ।

यसैगरी चितुवाको आक्रमणबाट घाईते हुनेहरुमा तल्लोबेशीका विमला कोइराला, गोमा श्रेष्ठ, नन्द प्रसाद अधिकारी, दिपक श्रेष्ठ रहेका छन् । घाईतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको स्थानीय मन्जु रानाले जानकारी दिनु भयो ।

चितुवाले मानिसलाई आक्रमण गर्न आएपछी स्थानियहरुको प्रतिकारमा उक्त चितुवा मृत्यू समेत भएको छ । साथै उक्त क्षेत्रमा चितुवाले आक्रमण गरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

घटनाको बारेमा थप जानकारीको लागी नारी बाटिका संवाददाताले डिभिजन वन कार्यालय धादिङमा सम्पर्क गर्दा कार्यलयमा कुनै जानकारी नभएको र वन कार्यलयले सामाजिक संन्जालबाट मात्रै जानकारी पाएको तर आधिकारिक रुपमा कुनै जानकारी नभएको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%२%

प्रतिक्रिया दिनुहोस