आज:  | Fri, 03, May, 2024

नारी जागरण केन्दद्वारा सिपमुलक तालिम आजदेखी धादिङवेशीमा सुरु

६ चैत्र २०८०, मंगलवार २०:१५ मा प्रकाशित ( १ महिना अघि) ३७३ पाठक संख्या
नारी बाटिका


धादिङ, ६ चैत ।

नारी केन्द्र धादिङको आयोजनामा ३ दिने सिपमुलक तालिम आजदेखी धादिङवेशीमा सुरु भएको छ ।

करिब तिन दशकदेखी जिल्लामा महिलाको आर्थिक,सामाजिक, क्षमता बिकास गराउन स्वरोजगार तथा सिपमुलक कार्यक्रम संन्चालन गरी हिंसा प्रभावित महिलामा काम गर्दै आईरहेको केन्द्रले वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा मंगलबारदेखी तिनदिने सिप बिकास तालिम संन्चालन गरिएको हो ।

चैत ६ गतेदेखी ८ गतेसम्म संन्चालन हुने यस तालिममा प्रशिक्षक आशा श्रेष्ठबाट क्रुश र भेडाको उनी धागोबाट बनाईने स्कुल,कलेज ब्याग,विवाह,वर्तवन्ध आदी

पार्टी जाँदा महिलाले लिने आकर्षक पर्सहरुको डिजाईनमा हिसा प्रभावित महिला तथा सिप सिकेर रोजगार गर्न चहाने महिलाका लागी हाते सिपमुलक तालिम सुरु गरिएको हो ।

केन्द्रको जेष्ठ नागरिक तथा सम्रक्षक चित्र कुमारी भण्डारीको अध्यक्षतामा भएको तालिमको आज जोर पानसमा दिपप्रजोलन गरी उद्ध्घाट गरिएको थियो ।

हिंसा प्रभावितका लागी सिपमुलक तालिमको उद्धघाटन समारोहलाई संवोधन गर्नु हुंदै समाजसेवी तथा सम्रक्षक भण्डारीले हाम्रो पालमा यस्तो महिलाका लागी कुनै अबसर थिएन ।

जति जति घरेलु हिंसा भएपनि सहेर त्यही घरमा रोएर बस्नु शिवाय केही थिएन । अहिले त घरेलु तथा लैगिक हिंसा भयो भने कानुनी सहयोग पाईन्छ ।

धेरै पुरुषहरुमा महिलालाई हिंसा गर्नु हुंदैन भनेर चेतना पनि बढेको छ उहाँको भनाई छ । 

त्यसैगरी पढेर जागिर नै खानु पर्छ भन्ने छैन। सिप सिकेर रोजगारी बन्नोस काम गर्नोस, २।४ पैसा आम्दानी गर्नोस,यसो भयो भने घर परिवारमा कमाई भएपछी हाम्रो पालमा जस्तो महिलाले हेर्पिएर बस्नु पर्दैन उहाँले वताउनु भएको हो ।

निलकण्ठ नगरपालिकास्थित धादिङवेशीमा रहेको केन्द्रको कार्मलय भवनको तालिम हलमा संन्चालित हिंसा प्रभावितका सिपमुलक तालिमको उद्धघाटन कार्यक्रममा प्रशिक्षक आशा श्रेष्ठको आतिथ्यता रहेको थियो भने केन्द्रका कार्यकारी निर्देशक तथा पत्रकार भगवती उप्रेतीले कार्यक्रम संन्चालन गर्नु भएको थियो ।

सिप किन ? स्वरोजगार बन्न,आम्दानी गरी जिवन चलाउन भन्ने मुख्य उदेस्यका साथ संन्चालन भएको उक्त तालिममा १५ जनाको सहभागी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%७%१%२%

प्रतिक्रिया दिनुहोस