आज:  | Fri, 03, May, 2024

जति तालिम लिएपनि व्यवहारमा नउतार्ने हो भने सिप सिकेको कुनै अर्थ रहदैन:प्रमुख प्रशासकीय अधिकृत सुवेदी

९ चैत्र २०८०, शुक्रबार ०७:५६ मा प्रकाशित ( १ महिना अघि) ४५७ पाठक संख्या
नारी बाटिका


धादिङ, ९चैत ।

वागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको सहयोगमा नारी जागरण केन्दद्वारा संन्चालित सिपमुलक तालिम आज सम्पन्न भएको छ। केन्द्र धादिङको आयोजनामा चैत ६ गतेदेखी चैत ८ सम्म संन्चालित ३ दिने सिपमुलक तालिमको आज एक कार्यक्रमकाबिच सम्पन्न भएको हो । त्यस्तै कार्यक्रममा मानवअधिकारका सचिव तथा त्रिकोण अनलाईन खबरका संवाददाता ईश्वर तथा निलकण्ठ नगरपालिका १३ का निर्बाचित महिला सदस्य एलिना राई गुरुङले मन्तवय राख्नु भएको थियो ।

निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदीको प्रमुख आतिथ्यता,जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक नन्दकिश्वर चौहानको विशेष आतिथ्यता तथा केन्द्रका पुर्व अध्यक्ष एव्ं कार्यकारी निर्देशक भगवती उप्रेतीको अध्यक्षतामा बिहिबार तालिमको समापन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एव्ं प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सुवेदीले समापन समाराहलाई संवोधन गर्नु हुदैे कम लगानीमा समयको सदुपयोग गरी घरमै बसेर काम गरी केही आर्थिक रुपमा पनि आम्दानी गर्न सकिने यस्ता सिप सिकेर यसलाई व्यवहारमा उतार्न सके लैगिक हिंसा घरेलु हिंसामा पनि कमी आउने बताउनु भएको छ ।

उहाँले भन्नु भयो कुनैपनि घरमा एकजनाको कमाईले पाँचजनाको परिवार चलाउन निकै कठिन पर्ने र घरमा श्रीमान् श्रीमती दुबैले आर्थिक उपार्जनका काम गर्न सके घर चलाउन पनि सहज हुने भएकोले आफुले सिकेका सिपलाई सदुपयोग गर्नको लागी सहभागीहरुलाई सुझाव दिनु भएको छ ।

त्यस्तै नगरपालिकाले पनि मेयर उद्योमशिल कार्यक्रम अन्तर्रगत धेरै तालिम र सहुलियत ऋण उपलव्ध गराईरहेको छ व्यवशाय गर्न चहानेहरुका लागी यस निलकण्ठ नगरवासीले उपयोग गर्न पनि सल्लाह दिनु भएको छ ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष एवं केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले तालिमको नाममा तालिम मात्रै नभएर आफुले सिकेका सिपलाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समयमा आर्थिक कमजोरीकै कारण घरमा व्यवहार चलाउन समस्या हुदा लैगिक हिंसा,घरेलु हिंसा हुने र मानिसिक रुपमा पनि समस्या बड्दै गएको बताउनु भएको छ ।

महिलाहरु बालबच्चाहरुलाई विध्यालय पठाएपछी खेतीपाती र व्यपार व्यवशाय नभएका महिलाहरु फुर्सतिलो हुने भएकोले यस्ता सिपमुलक तालिम लिएर घरमै बसेर काम गरी केही आर्थिक आम्दानी गर्न मद्धत पुग्ने हुंदा सिकेका सिपको सदुपयोग गर्नु पर्र्र्नेमा समहभागीहरुलाई जोड दिनु भएको छ ।

वागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमा संन्चालित तालिमा १५ जनाको सहभागिता रहेको थियो ।

केन्द्रले धादिङ जिल्लामा महिलाको क्षेत्रमा आर्थिक,सामाजिक, क्षमता बिकास गराउन स्वरोजगार तथा सिपमुलक कार्यक्रम संन्चालन गरी हिंसा प्रभावितका लागी सहयोग मुलक काम गर्दै आईरहेको छ ।

चैत ६ गतेदेखी ८ गतेसम्म संन्चालन  भएको  तालिमका सहभागिहरुले क्रुश र भेडाको उनी धागोबाट बनाईने  सामानहरु बनाएका  छन् । 

स्कुल,कलेज ब्याग,विवाह,वर्तवन्ध आदी पार्टी तथा बजार जाँदा महिलाले लिने आकर्षक पर्सहरु लगायतकाको डिजाईनमा हिसा प्रभावित महिला तथा सिप सिकेर रोजगार गर्न चहाने महिलाका लागी हाते सिपमुलक तालिम संन्चालन भएको हो ।

निलकण्ठ नगरपालिकास्थित धादिङवेशीमा रहेको केन्द्रको कार्मलय भवनको तालिम हलमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक नन्दकिश्वर चौहान तथा प्रतिनिधी धादिङ,दिव्यदर्शन टेलिभिजनका संवाददाता विरमान तामाङ,रेडियो विहानीका स्टेशन म्यानेजर निरवहादुर तामाङ,नेपाल मानवअधिकार संगठन धादिङका सचिव तथा त्रिकोण डट्कमका सम्पादक ईश्वर थापाुको आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा होराइजिङ खकरका सम्पादक गजेन्द्र गुरुङ,निलकण्ठ एफएम,नारी बाटिका डट्कम अनलाईन खबरका प्रतिनिधी,केन्द्र अन्तर्रगतका महिला समुहका अध्यक्ष एवं प्रतिनिधीहरु,प्रशिक्षक आशा श्रेष्ठ, विभिन्नि संन्चाकर्मीहरु,नारी बिकास सहकारी संस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम केन्द्रका सचिव सुशिला भण्डारीले संन्चालन गर्नु भएको थियो ।   

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%२%

प्रतिक्रिया दिनुहोस