आज:  | Tue, 30, Apr, 2024

सशस्त्र प्रहरी परिवारका कानूनी समस्या समाधानका लागी सहायता कक्ष स्थापना

९ चैत्र २०८०, शुक्रबार १८:५९ मा प्रकाशित ( १ महिना अघि) १९१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ९ चैत।

२३औँ सशस्त्र प्रहरी दिवस, २०८० को अवसरमा सशस्त्र प्रहरी प्रधान कार्यलयले कानुनी सहायता कक्ष स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीका बहालवाला,अवकाश प्राप्त कर्मचारी र तिनमा आश्रित परिवार तथा अमर सशस्त्र प्रहरीका परिवारका कानूनी समस्या समाधानका लागि कक्ष स्थापना गर्न लागिएको हो ।

सशस्त्र प्रहरी परिवारभित्र आउने विभिन्न प्रकारका समस्या समाधान गराउनका लागी प्रधान कार्यलयभित्र कानून महाशाखामा रहने गरी कक्ष स्थापना हुने भएको हो ।

प्रहरी कर्मचारीका परिवारभित्र आउने विवाद तथा कानूनी समस्या समाधानका लागी सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना गर्न लागिएको प्रधान कार्यलयले जनाएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरु मध्यका न्यून आय भएका तथा न्यायको पहुँचमा पुग्न नसकेकाहरूलाई सहयोग पुर्‍याउन कक्षको स्थापना गरिएको सशस्त्र प्रहरी प्रधान कार्यलयले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस