आज:  | Sat, 27, Apr, 2024

सहकारीको समस्या समाधान गर्न सरकार लागेको छ : गृहमन्त्री रवि लामिछाने

११ चैत्र २०८०, आईतवार १३:५३ मा प्रकाशित ( १ महिना अघि) ११३ पाठक संख्या
नारी बाटिका


चितवन -११ चैत ।

गृहमन्त्री रवि लामिछानेले मुलुकको केही सहकारीमा देखिएको समस्या समाधानका लागी सरकार लाग्ेको बताउनु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले पछिल्लो समयमा देशभरीका सहकारीहरु मध्य करिब ५ सयको हाराहारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनु भएको हो। आइतबार संन्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सहकारी पीडितसँग सरकारले वार्ता मार्फत समस्या समाधानको प्रयास गर्दैछ भन्नु भयो ।

“सरकारी वार्ता टोली र सहकारी पीडितको बिचमा भएको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा ल्याउन सरकार तत्पर रहेको बताउनु भयो ।” देशका केही सहकारी मध्यका पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने बताउनु भयो।

सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीवी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उहाँको भनाई छ । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै,राई छिट्टै पक्राउ पर्नेमा विश्वास व्यक्त गर्नु भएको छ ।

वर्तमान सरकारले गरेका कामको पूर्णरुपमा नतिजा आउने उहाँको भनाइ छ । प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने बताउनु भयो । यस्ते फरक प्रसङगमा बोल्दै उहाँले चेपाङ् समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने पनि उहाँको भनाई छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस