आज:  | Mon, 29, Apr, 2024

फागुपर्व मनाउने क्रममा ललितपुरको ढोलाहिटीमा भएको विवादमा छुरा प्रहारबाट दुईजनाको मृत्यु

१२ चैत्र २०८०, सोमबार ०७:५१ मा प्रकाशित ( १ महिना अघि) ३१९ पाठक संख्या
नारी बाटिका


काठमाडौं १२ चैत ।

ललितपुरको ढोलाहिटीमा भएको झडपमा छुरा प्रहार हुंदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति ढोलाहिटीमा दुई समूहबीच झगडा भएको र उक्त झगडा चर्किएपछी झडपका क्रममा छुरी प्रहार हुंदा दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा धरान घर भई ढोलाहिटी बस्दै आएका रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिनु भयो ।

आइतबार राति १० बजेपछि यस घटना भएको हो। सुचना अधिकारी एव्ं एसपी​ सुवेदीका अनुसार उक्त घटनापछी राति ११ बजेतिर एकजनालाई सुमेरु अस्पताल र एकजनालाई पाटन अस्पताल लगिएपछि प्रहरीले घटनाबारे जानकारी पाएको बताउनु भयो । अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाट एकथान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। ‘रातिको घटना भएकाले धेरै कुरा खुल्न बाँकी छ’, एसपी सुवेदीले भन्नु भयो, । ‘घटनामा संलग्न भएको आशंकामा एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छौँ।’

दुई समुहबिच फागुपर्व मनाउने क्रममा विवाद भएको प्रहरीको अनुमान रहेको छ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस