आज:  | Mon, 29, Apr, 2024

मौसम सम्वन्धि जानकारी : आजपनि केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

१२ चैत्र २०८०, सोमबार ०८:२२ मा प्रकाशित ( १ महिना अघि) १७० पाठक संख्या
नारी बाटिका


काठमाडौं १२ चैत ।

यस वर्षमा लगभग हिंउद महिना पानी नै परेन भन्दापनि हुन्छ । तर केही दिनदेखी देशको सबै जसो क्षेत्रमा हल्कादेखी मध्यम वर्ष भइरहेछ ।  पहाडी भु भागका केही क्षेत्रमा सुक्रबारदेखी भएको वर्षा आजपनि केही स्थानमा जारी छ । साथै आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधरण तया बदली भई बाँकी भू-भागमा आंशिक बदली रहने छ।

यसै क्रममा शोमबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू(भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यसैगरी आज देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस