आज:  | Sat, 27, Apr, 2024

भारतीय एक सहित २३ निर्माण तथा आपूर्तिकर्ता कम्पनीहरु कालोसूचीमा (विवरण सहित)

१४ चैत्र २०८०, बुधबार ०८:३२ मा प्रकाशित ( १ महिना अघि) १५१ पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ चैत ।

निर्माण व्यवसायीको काम गर्ने भारतीय एक कम्वनी सहित २३ व्यवसायी कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । नियम अनुसार नचलेको भन्दै सरकारले विभिन्न २३ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्वनप्लाई कालोसूचीमा राखेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २३ वटा कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको व्यहोरा सार्वजनिक गरेको छ ।

कालोसूचीमा पर्ने कम्पनीहरु मध्यमा एक भारतीय कम्पनी पनि रहेको छ। उक्त कम्पनीलाई विद्युत प्राधिकरणको सिफारिसमा नयाँ दिल्लीको अर्भिल इन्फ्रापावर लिमिटेडलाई तीन वर्ष कालोसूचीमा राखिएको जनाएको छ।

यसैगरी कालोसुचिमा परेकाहरु आइएस कन्स्ट्रक्सन कम्पनीलाई पनि तीन वर्ष कालोसूचीमा राखिएको छ। यो कम्पनीलाई सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कालोसूचीमा राख्न सिफारिस गरेको खरिद अनुगमन कार्यालय ताहाचलले जनाएको छ।

कालोसूचीमा परेकाहरुले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा काम गर्नको लागी भाग लिन पाउने छैनन्।

कालोसूचीमा परेका कम्पनी तथा आपूर्तिकर्ताको पुरा विवरण

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस