आज: २०८३ अषाढ २७, शनिबार | Sat, 11, Jul, 2026

आज विश्व रंगमञ्च दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

२०८० चैत्र १४, बुधबार मा प्रकाशित ( २ साल अघि) १४४६८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ चैत ।

आज विश्व रंगमञ्च दिवस हो । हरेक वर्ष यस दिनलाई विश्व रंगमञ्च दिवसको रुपमा मनाईने गरिन्छ । यस्तै नेपालमा पनि रंगमञ्च र शान्तिका लागि संस्कृति’ नाराका साथ आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि १९६२ देखि हरेक वर्षको मार्च २७ मा विश्वव्यापी रुपमा रंगमञ्च दिवस मनाउन थालिएको हो ।

समाजमा भए गरिएका सत्ते र तथ्य विषयलाई भन्दा पनि विकृती,विसंगती र भष्ट्राचारको प्रवृर्ती बढ्दै गएकोले यथार्थका विषयलाई नाटकमा ढाली समाजमा सचेतना जगाउनका लागी प्रस्तुत गरिने भएकोले पछिल्लो समय नेपालमा रंगमञ्चप्रतिको आकर्षण बढ्दो छ।

यस क्षेत्रमा काम गर्ने रङ्गकर्मीका रूपमा परिचित र सिप भएका कलाकारहरु चलचित्र क्षेत्र तर्फ पनि राम्रो स्थान हाँशिल गर्दै गएका पाइन्छ। तर नेपालका सबै जिल्ला र पालिकाहरुमा नाटकघर छैनन् विशेषगरी काठमाडौंमा सञ्चालित नाटकघरमा दर्शकको आकर्षण बढ्दो रहेको रंगकर्मी बताउँछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस