आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

कांग्रेसका एक प्रभााशाली नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२, मंगलबार मा प्रकाशित ( ५ मिनेट अघि) ४६६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१२ साउन ।

नेपालमा लोकतन्त्र ल्याउन एक हिस्सेदार तथा प्रभावशालीि वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । विगत केही समयदेखी उपचारार्थ नेता श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उहाँको निधन भएको हो।

नेपाली काँग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उहाँको निधन भएको पुष्टी गर्नु भएको छ । बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणका लागि उहाँको पार्थिव शरीर राखिने भएको छ ।

त्यसपछि वरिष्ठ नेता श्रेष्ठको शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तय भएको पार्टी स्रोतले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस