
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१२ साउन ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्रगत मुग्लिंन नजिकै खहरे खोलामा सख्खा पहिरो खसेपछी सडक दुईतर्फी रुपमा अवरुद्ध भएको छ । सडक खुलाउनको लागी सम्वन्धित निकायले पहिरो पन्छाउने प्रयास भइरहेको भएपनि उक्त पहिरो पन्छाउन सकस भएको हो ।
आज विहान इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक खसेको पहिरोले उक्त क्षेत्रमा यातायात आवागमन प्रभावित भएको हो । दुबै तर्फको सडक अवरुद्ध भएपछी सडक खुलाउने प्रयास जारी छ । तर अनुमान नगरिएको स्थानमा एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले जनाएका छन् ।
केहीबेर अघि पहिरो पन्छाएर आकस्मिक रुपमा दुईतर्फी सडक सञ्चालन गराएको भएपनि पहिरोको जोखिम कायमै रहेको छ भने विहान खसेको पहिरो परा पन्छाउन थप केही समय लाग्ने बताइएको छ ।
अब थप पहिरो नखसेमा दिउँसो सम्ममा सडक सफा हुने र रोकिएका सवारीहरु पार गराउने तयारी छ । ” मुग्लिन बजारबाट करिब ७०० मिटर नारायणगढ तर्फकोे दृुरीमा करिव चालीस मिटरमाथिबाट ढुङ्गा माटोसहितको सुख्खा पहिरो खसेको हो । पहिरोले २० मिटर सडक ढाकेको बताइएको छ ।
साथै यस स्थानमा पहिलो पटक सुख्खा पहिरो खसेको हो । तर यसपछी पनि पहिरो खस्न सक्ने सम्भावना रहेकाले यो बर्सातमा सो ठाउँमा पहिरोको थप जोखिम हुन सक्ने डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस