आज:  | Sun, 28, Apr, 2024

सामाजिक विकास मन्त्रालयद्वारा महिला पत्रकारहरुका लागी खोजमुलक पत्रकारिता तालिम

१६ चैत्र २०८०, शुक्रबार १०:३८ मा प्रकाशित ( १ महिना अघि) ३०३ पाठक संख्या
नारी बाटिका


काठमाडौं, १६ चैत ।

वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा महिला पत्रकारहरुका लागी खोजमुलक पत्रकारिता तालिम सम्पन्न भएको छ । कुनैपनि सामाजिक सवालमा तथ्य र सत्यमा आधारित रहेर विषयवस्तुको गम्भिरता बुझेर कलम चलाउनका लागी पत्रकार महिलाहरूका लागि एक दिने खोजमुलक पत्रकारिता तालिमको आयोजना गरिएको हो ।

हिजो बिहिबार जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्र ललिपुरमा भएको तालिममा वागमती प्रदेशभित्रका विभिन्न सञ्चार माध्यममा कार्यरत ३० जना पत्रकार महिलाहरूको सहभागिता रहेको थियो ।

तालिममा पत्रकारितामा महिलाले भोग्नु परेका समस्या,चुनौती,पत्रकारको सामाजिक सुरक्षा तथा लैंगिक सहभागिताका बारेमा छलफल गरिएको थियो ।

मन्त्रालयका सचिव भिमकुमार भुषालले सहभागीहरुलाई प्रशिक्षण गर्नु हुदै तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गर्दै आईरहेको  बताउनु भएको छ ।

पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र,संन्चालित परियोना लगायत आदी बारेमा बताउनु भयो ।

यस्तै मन्त्रालयदवारा आयोजित  तालिममा मन्त्रालयका सामाजिक विकास शाखा प्रमुख अम्रित अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्नु हुंदै अधिकारीले पत्रकारहरुले सिप र क्षमताको विकास गरी समय सापेक्ष आफुलाई परिमार्जन गर्न  सुझाब दिनु भएको छ ।

शाखा प्रमुख अधिकारीले देशको सात प्रदेश मध्य पनि वागमती प्रदेश सरकार अझै विकास र कार्यक्रममा अगाडी रहेकोले यस मन्त्रालयले महिला,बालबालिका,जेष्ठनागरिक,अपाङता तथा लक्षित वर्गका विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।

यसैगरी मन्त्रालयका सामिाजिक विकास शाखा अधिकृत लक्ष्मण पौडेलले पत्रकारहरुले हचुवाको भरमा समचार प्रशारण गर्नु भन्दापनि सामाजिक विकास मन्त्रालयले वर्षभरी के काम र कति बजेटमा कसरी गरिरहेको छ भनेर जानकारी लिनु पर्ने बताउनु भयो ।

मन्त्रालय कै महिला विकास शाखाकी प्रमुख चन्दा कुमारी व्यन्जकारले लैंगिक हिंसा विरुद्धमा आधारित रहेर आगमी आवदेखी गृहणी महिला उत्थान कार्यक्रम संन्चालन गर्न लागिएको जानकारी गराउनु भयो ।

उहाँले  यथार्थमा रहेर कलम चलाउनका लागी यस्ता तालिमले सहयोग पुर्याउने बताउनु भएको थियो । महिला विकास शाखा प्रमुख  व्यन्जनकारले यसै सन्दर्भमा पत्रकार महीलाहरुका लागि यो तालीम आयोजना गरिएको हो भन्नु भयो ।

उहाँले यस तालिमले खोजमुलक ( Fellowship) सान्धर्भिक विषयमा आवाज उठाई कलम चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताउनु भयो ।

यस्तै  वागमती प्रदेश पत्रकार महासंघका सचिव कृष्ण सारु मगरले पत्रकार महीलाहरुका लागि  यस तालिमले खोजमुलक ( Fellowship) सान्धर्भिक विषयमा  सिप र क्षमताको विकास  हुने अपेक्षा गरिएको बताउनु भयो ।

सञ्चारिका समूहकी उपाध्यक्ष निर्मला शर्माले प्रशिक्षण दिनु हुंदै पछिल्लो समय पत्रकारितामा महिला सहभागिता बढिरहेको सन्दर्भमा यो तालीमले लैंगिक हिंसा, घरेलु हिंसाका क्षेत्रमा काम गर्न सिप र क्षमता अभिवृद्धि हुने र कुनैपनि सवालमा समचार लेख्नु भन्दा पहिला विषयवस्तुको राम्रो अध्ययन गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै वागमती प्रदेश पत्रकार महासंघका उपाध्यक्ष सरिता दाहालले जहिले पनि महिला पत्रकारहरुले आफुलाई सुरक्षित राखेर काम गर्नको लागी सुझाव दिनु भएको छ ।

यसले पत्रकारिताका क्षेत्रमा काम गर्दै गरेका तथा नयाँ आउन चाहने महिला पत्रकारलाई समेत सहज हुने बताउनु बताउनु भयो । 
तालिममा सहभागीहरुले आफुले पत्रकारिता गर्दै गर्दा भोग्नु परेका समस्या,चुनौती,अनुभव र नयाँ आयामबारे आफ्ना अनुभव बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%३%

प्रतिक्रिया दिनुहोस