
नारी बाटिका
काठमाडौं, १७ चैत ।
सर्वोच्च अदालतले नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ । शुक्रबार अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको दिएको थियो । गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
गुरुङ बिरुद्ध सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग विशेष अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म गत वर्ष पुस १२ गते संसद् सचिवालयले निलम्बन गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका समयमा उहाँले काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
सांसद गुरुङले आफूलाई सजाय नभएको र जरिवाना मात्र भएको भन्दै निलम्बित सांसद पद फुकुवा गर्न विषेश अदालतमा रिट समेत दायर गर्नु भएको थियो ।








प्रतिक्रिया दिनुहोस