आज: २०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

सिडिओ कार्यालयबाट एकद्वार प्रणालीद्वारा सेवा प्रवाह गर्न गृहको निर्देशन

२०८३ बैशाख ६, आईतबार मा प्रकाशित ( २ दिन अघि) १५२० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -६ वैशाख।

​​​​​गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट ‘एकद्वार सेवा प्रणाली’ लागू गर्ने भएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई एकद्वार प्रणाली लागु गरी प्रभारकारी बनाउन त्यस्तो निर्देशन दिएको हो।

देशभरका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी यसै चालु आ.व.मै विद्यमान बजेटबाट नै एकद्वार सेवा प्रणाली लागू गर्न आवश्यक प्रबन्ध मिलाई आगामी आर्थिक वर्षदेखी आवश्यक न्यूनतम बजेट माग गर्न पनि भनिएको छ।

जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रचलित कानुन बमोजिम जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्दै नागरिकको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने, सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता, सुशासन सुदृढीकरण तथा विकास व्यवस्थापनमा सहजीकरणलगायका प्रशासकीय भूमिका निर्वाह गर्न गृह मन्त्रालयले स्मरण गराइएको छ।

गत चैत १३ गत नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारका लागी एक सय कार्य सूचीमध्यको सार्वजनिक सेवा प्रवाहमा नागरिकको सेवा प्रभाहमा सुधार, सुशासन सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण समेतका विषयलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्नेलगायत विषय उल्लेख थियो।

यस्तै मन्त्रालयको निर्देशनमा भनिएको छ, “जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भइरहेका सेवाहरूलाई सुधार गरी जनताको अपेक्षा अनुरूप सहज र सेवाग्राही मैत्री बनाउन जस्तै टोकन प्रणाली, नागरिक सुनुवाइ प्रणाली, नयाँ नागरिकताको अनलाइन सिफारिस, निःशुल्क सहायता कक्ष लगायतका काममा सुधार गर्न लागिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस