आज:  | Tue, 30, Apr, 2024

मुख्यमन्त्रीको विश्वास मत सम्बन्धी छलफल गर्न प्रदेश सभा बैठक सोमबार

१७ चैत्र २०८०, शनिबार ०७:४३ मा प्रकाशित ( १ महिना अघि) ११६ पाठक संख्या
नारी बाटिका


मकवानपुर १७ चैत ।

मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी छलफलका लागी बागमती प्रदेश सभा बैठक बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिनु भयो ।

उक्त बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने सभामुख पाठकले बताउनु भयो। प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गर्नु भएको हो ।

कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तयारी गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस