आज:  | Tue, 30, Apr, 2024

आजै रातिदेखि लागु हुनेगरी पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बढ्यो

१९ चैत्र २०८०, सोमबार ०७:३७ मा प्रकाशित ( ४ हफ्ता अघि) २४१ पाठक संख्या
नारी बाटिका


काठमाडौं, १९ चैत ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आजदेखी लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर मै ४ रुपैयाँले बढेको छ । केही समयअघि सम्म स्थिर रहेको पेट्रोलको मूल्य निगमले प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको हो ।

निगमले इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यसुची अनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकाले नेपालमा पनि मूल्य बढाइएको जनाएको छ । सो अन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ ।

साथै वृद्धि भएको मूल्यदर आजै रातिदेखि लागू हुने गरी मुल्य बढाएको निगमले जनाएको छ । निगमले डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस