आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

आजको मौसम : यी स्थानमा र वर्षा र हिमपात

२०८० चैत्र १९, सोमबार मा प्रकाशित ( १ साल अघि) १२३९८ पटक पढिएको
नारी बाटिका


काठमाडौं- १९ चैत ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भु भागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

यस्तै महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी शोमबार देशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

साथै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस