आज:  | Tue, 30, Apr, 2024

गृहमन्त्री लामिछानेसँगै श्रममन्त्री अर्याल पनि सहकारी ठगी प्रकरणमा

२० चैत्र २०८०, मंगलवार १२:५५ मा प्रकाशित ( ३ हफ्ता अघि) २४५ पाठक संख्या
नारी बाटिका


  1. काठमाडौं २० चैत ।

गृहमन्त्री रवी लामिछानेसँगै श्रममन्त्री डिपी अर्यालमाथि पनि सहकारी ठगीको आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापती
लामिछाने र श्रममन्त्री तथा ऐ.ऐ.पार्टी कै उपसभापती समेत रहेका अर्याललाई सहकारी रकम हिनामिना गरेको आरोपमा बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका छन् ।

यसैगरी रास्वपाका सभापती तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग

गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बचतकर्ताले ४ करोड रकम हिनामिना गरेको भन्दै सहकारी विभागमा उजुरी दिएपछी श्रममन्त्री डिपी अर्यालमाथि पनि प्रश्न उब्जिएको हो।

गृहमन्त्री लामिछाने माथि छानबिनका लागि संसदीय समिति बनाउन निरन्तर माग गर्दै आएको कांग्रेसले रास्वपाकै उपभाति समेत रहेका श्रममन्त्री अर्याल पनि जोडिएको भन्दै पछिल्लो समयमा थप प्रश्न उठाएको हो।

आज(मंगलबार)को प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा श्रममन्त्री अर्याल पनि जोडिएको समाचार आएको भन्दै छानबिन समिति माग गर्नुको औचित्य थप पुष्टि भएको बताउनु भएको छ।

‘सहकारी ठगीको अर्को विषय पनि आएको छ। कृषि सहकारीको अपलचन। त्यसमा श्रममन्त्री जोडिएका छन्। उनीमात्र होइन रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बिरुद्धमा समेत सहकारी ठगी गरेको चर्चा सुरु भएको छ । साथै उक्त कृर्षी सहकारीमा पनि जिबी राईलाई भित्र्याएइएको छ। त्यो काम श्रम मन्त्रीको हो भनिएको छ’,

नेता यादवले भने, ‘यो घटनाले थप पुष्टि गरेको छ कि सहकारी ठगी सन्जाल कहाँसम्म फैलिएको छ भनेर। त्यसकाण अब झन् अति आवश्याक छ, समिति बनाउनु पर्छ ।’ भन्नु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस