आज:  | Tue, 30, Apr, 2024

प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको :प्रधानमन्त्री दाहाल

२२ चैत्र २०८०, बिहीबार १९:०१ मा प्रकाशित ( ३ हफ्ता अघि) १७२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २२ चैत।

निकै लामो समयदेखी हुन नसकेको प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । सो विषयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको बताउनु भएको छ ।

बिहीबार राष्ट्रिय सभा मातहतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यो कुरा बताउनु भएको हो। यसैगरी संघीय प्रहरी सम्बन्धी विधेयक पनि तर्जुमाको अन्तिम चरणमा रहेको बताउनु भएको छ ।

‘मुलुकमा संघीयता कार्यान्वयन गर्न महत्त्वपूर्ण रहेको संघीय प्रहरी सम्बन्धी विधेयक तर्जुमाको अन्तिम चरणमा छ’ ‘प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको जानकारी गराउन चाहन्छु।’

बैठकमा अर्थतन्त्रमा सुधार आएको , बाह्य क्षेत्र हालसम्मकै मजबुत अवस्थामा रहेको र सार्वजनिक वित्तको क्षेत्रमा समेत सुधार भएका उहाँको भनाइ थियो। राजश्व परिचालन वृद्धि भएको छ। पुँजीगत खर्च पनि वृद्धि गर्ने प्रयास गरिएको छ। मौद्रिक तथा वित्तीय क्षेत्र सबल छन्।’ प्रधानमन्त्री दाहालको भनाई छ।

यस्तै उहाँले वित्तीय सहकारीका नियमन गर्न विशिष्टिकृत संस्था स्थापना गर्ने तथा सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने काम शुरु भएको जानकारी दिनु भयो।

प्रधानमन्त्री दाहालले सङ्घीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको पनि बताउनु भयो । तहगत अधिकार क्षेत्रमा स्पष्टता ल्याउन र अन्तर तह समन्वयलाई प्रभावकारी बनाउन ठोस पहल अगाडी बढाइएको उहाँको भनाइ थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस