आज:  | Tue, 30, Apr, 2024

सम्झौता कार्यान्वयन नभएकोले बञ्चरेडाँडामा फोहर फाल्न रोक लगाएपछी १३ जना पक्राउ

२४ चैत्र २०८०, शनिबार १६:४४ मा प्रकाशित ( ३ हफ्ता अघि) १५३ पाठक संख्या
नारी बाटिका


काठमाडौं २४ चैत ।

विगतको सम्झौता कार्यान्वयन नभएकोले बञ्चरेडाँडामा फोहर फाल्न रोक लगाएपछी १३ जना पक्राउ परेका छन् । विगतमा भएको सम्झौता कार्यान्वयन नभएकोमा बञ्चरेडाँडामा फोहर बिसर्जन गर्न अवरोधमा उत्रिएका केही स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो । आज (शनिबार) बिहान फोहर बोकेर गएका टिपरहरूलाई बन्चरेडाँडा क्षत्रेका स्थानीयले अवरोध गरेका थिए । सोही क्रममा विवाद हुंदा १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आजै काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरूलाई बालाजु वृत्तमा राखिएको छ । यसअघि नै उक्त क्षेत्रमा फोहर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको प्रहरी टोलीले सयुक्त रुपमा बञ्चरेडाँडा खटिएका थिए । आज गएका टिफरहरुलाई साविक बञ्चरेडाँडामा फोहर फाल्न अवरोध गरेपछी उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट)धादिङ०ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्ती रहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेका हुन् ।

यस सवलमा गत फागुन २१ गत प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’समक्ष ११ बुँदे माग पत्र पेश गरेका थिए । उक्त मागहरू सम्बोधन नगरिएको भन्दै समितिले शनिबार बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा जाने सडक अवरुद्ध गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस