
तनहुँ २५ चैत ।
तनहुँ जिल्लाको व्यास नगरपालिका–५ मा श्रीमानले दाउराले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । शनिबार दिउँसो व्यास नगरपालिका–५ सांगे शेरामा श्रीमानले दाउराले हिर्काउँदा एक महिलाको मृत्यु भएको हो ।
३५ वर्षका जीतबहादुर कुमालले धारिलो दाउराले हिर्काउँदा ३२ बर्षका सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले जनाएको छ ।
हिजो(शनिबार) दिउँसो सवा ४ बजेतिर उक्त घटना घटेपछी तनहुँ प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर सो घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस