आज:  | Tue, 30, Apr, 2024

तनहुँमा श्रीमानले दाउराले हिर्काएर श्रीमतीको हत्या गरे

२५ चैत्र २०८०, आईतवार ०७:३६ मा प्रकाशित ( ३ हफ्ता अघि) १९९ पाठक संख्या
नारी बाटिका


तनहुँ २५ चैत ।

तनहुँ जिल्लाको व्यास नगरपालिका–५ मा श्रीमानले दाउराले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । शनिबार दिउँसो व्यास नगरपालिका–५ सांगे शेरामा श्रीमानले दाउराले हिर्काउँदा एक महिलाको मृत्यु भएको हो ।

३५ वर्षका जीतबहादुर कुमालले धारिलो दाउराले हिर्काउँदा ३२ बर्षका सुकमाया कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले जनाएको छ ।

हिजो(शनिबार) दिउँसो सवा ४ बजेतिर उक्त घटना घटेपछी तनहुँ प्रहरीले जीतबहादुरलाई पक्राउ गरेर सो घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस