आज:  | Mon, 29, Apr, 2024

धादिङका ४६ वटा फर्म तथा पसलको अनुगमन गरी ८ फर्म तथा जरिवाना व्यवशायीलाई

२६ चैत्र २०८०, सोमबार ०७:५८ मा प्रकाशित ( ३ हफ्ता अघि) ५८० पाठक संख्या
नारी बाटिका


बिबियु

नारी बाटिका संवाददाता

धादिङ,२६ चैत्र ।

जिल्ला अनुगमन टोलिले धादिङका ४६ फर्म तथा व्यवशायहरुमा अनुगमन गर्दा ८ वटा फर्म तथा व्यवशायीहरुलाई जरिवाना गरेको छ । पछिल्लो समयमा प्रभावकारी रुपमा भैरहेको अनुगमन टोलिले कारवाहीको साथ जरीवाना गरेको हो ।

समितिले धादिङ जिल्लास्थित विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रमा संचालित पसल,होटल,तथा ४६ वटा फर्मको अनुगमन गर्दा नियम विपरित संन्चालनमा रहेका,म्याद नाघेका सामान विक्री वितरण गरिरहेका तथा यसअघिका सुझाव तथा निर्देशन नमान्ने, व्यवशाय फर्महरु लाई जरिवाना गर्न वाध्य भएको जनाएको छ ।

कारवाही सहितको जरिवानामा परेका फर्महरु मध्य धादिङको त्रिपुरासुन्दरी गाउँपालिका,ज्वालामुखी गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाका विभिन्न क्षेत्रमा संचालित ४६ वटा फर्महरु रहेका छन् ।

जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वमा चैत्र १४ गतेदेखि २३ गतेसम्म गरिएको अनुगमन टोलीले ४६ वटा फर्म तथा पसलहरुमा बिल विजक नभएको, खाद्य अनुज्ञापत्र नभएको, लेबल नभएको सामानको विक्रि वितरण गर्ने ८ वटा र्फमलाई ५० हजारसम्म जरिवाना गरिएको बताउनु भयो ।

यस्तै अनुगमन गरिएका मध्य त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ मा संन्चालित मधु फे्रस बेकरी एण्ड फुड कर्नर र अर्को हरि पाउरोटि भण्डारलाई १०÷१० हजार जरिवाना गरिएको समितिले जनाएको छ ।

यसैगरी ज्वालामुखी गाउँपालिका २ सातदोस्थित न्यु मनकामना इन्टरप्राइजेज, खड्कादेवी इन्टरप्राइजेज, मनोज किराना पसल, भारती होटल र दर्ता नभएको एक खाजा घरलाई पनि पाँचहजारका दरले हजार जरिवाना गरिएको छ भने नेत्रावती डबजोङ गाउँपालिका ४ भर्याङभुरुङमा संन्चालित श्रेष्ठ होटल एण्ड खाजा घरलाई पनि ५ हजार जरिवाना गरिएको जिल्ला अनुगमन समितिले एक सुचना प्रकाशन गरी जानकारी गराएको छ ।

कारवाहीमा परेका सबै फर्म तथा खाद्य स्टोर, होटल तथा पसलहरुलाई उपभोक्तासंरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको जिल्ला बजार अनुगमन समितिका सदस्य तथा जिल्ला घरेलु, उद्योग तथा वाणिज्य धादिङ शाखाका प्रमुख मेघनाथ गौतमले जानकारी दिनु भयो ।

अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, धादिङ, स्थानीय तह, स्थानीय प्रहरी, राष्ट्रिय उपभोक्ता मन्च, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकारहरुको सहभागितामा अनुगमन गरिएको थियो । अनुगमन टोलिले ३८ हजार बराबरको म्याद नाघेको सामाग्री जफत गरी नष्ट समेत गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस