आज:  | Tue, 30, Apr, 2024

दोस्रो चौमासिक प्रगती समिक्षा बैठक शोमबारदेखी धादिङवेशीमा

२७ चैत्र २०८०, मंगलवार ०७:१८ मा प्रकाशित ( ३ हफ्ता अघि) २८३ पाठक संख्या
नारी बाटिका


बिबियु – नारी बाटिका संवाददाता

धादिङ-२७ चैत
समग्र विकासको लागी स्थानीय तह,प्रदेश सांसद, सरकारी निकाय, तथा गैरसरकारी संस्थाहरुद्वारा संन्चालन भएका कार्यको समिक्षा बैठक धादिङवेशीमा भैरहेको छ ।

जिल्ला समन्वय समितिको आयोजनामा सोमबारदेखि सुरु भएको दोस्रो चौमाशिक प्रगती समिक्षा कार्यक्रम जिल्ला समन्वय समितीको आयोजनामा भएको हो

जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको समिक्षा बैठकमा धादिङ जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका भौतिक तथा सामाजिक विकासको लागी संन्चालित परियोजनाका कार्यबाट आएको प्रगती,,तोकिएको समयमा सम्पन्न हुन नसकेका विषयहरु,सुधार गर्नुपर्ने पक्षहरु लगायतका विषयमा छलफल भएको छ ।कार्यक्रममा संघीय सांसद रामनाथ अधिकारी,नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पालिका प्रमुख,उप (प्रमुख, प्रमुख प्रशासकिय अधिकृत,जिल्ला स्थित सरकारी कार्यलयका प्रमुखहरु,गैससका प्रमुख तथा प्रतिनिधीहरु,विभिन्न संन्चार माध्यममा कार्यरत संन्चारकर्मीहरु लगायतको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो दिनमा विशेष गरी खानेपानीको समस्या,पृथ्वीराजमार्गमा भैरहेको सडक सुधारको काम व्यवस्थित र समयमा काम नसक्दा सो क्षेत्रमा हुने दुर्घटना न्युनीकरणको लागि बन्दै गरेका सडक,पेटी आदी बारेमा छलफल भएको थियो ।

जिल्ला समन्वय समितिको आयोजनामा संचालन भएको धादिङको बिकास निर्माण संग सम्बन्धित संघिय प्रादेशिक कार्यालय र स्थानिय तहको दोस्रो चौमासिक समिक्षा कार्यक्रम आज मंगलबार सम्म संचालन हुने छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस