आज:  | Wed, 01, May, 2024

मौसम सम्वन्धि जानकारी : आज चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

६ बैशाख २०८१, बिहीबार ०८:०३ मा प्रकाशित ( १ हफ्ता अघि) ३२० पाठक संख्या
नारी बाटिका


काठमाडौँ ६ वैशाख।

आज चार प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ।

आज (बिहिबार)दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको पहाडी भू(भागको केही स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा भने वर्षासँगै हिमपातको सम्भावना समेत रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस