आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

२०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित ( १ साल अघि) ४३७६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ७ वैशाख ।

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आज सिन्धुपाल्चोकको तौथलीमा दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बस दुर्घटनामा परेको हो ।

उक्त बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावती भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

बस सडकबाट करिव १०० मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता निरन्जन भट्टराईले जानकारी दिनु भयो।

बिहेको ५५ जना जन्ती सवार रहेको बसमा घाइते ५२ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको सुचना अधिकारी भट्टराईको भनाइ छ।

घाइतेको उद्धार गरी बाह्रबिसे अस्पताल पठाएको प्रवक्ता भट्टराईले बताउनु भयो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस