
नारी बाटिका
काठमाडौं- ८ वैशाख।
नेकपा एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि,गोदावरीस्थित सनराइज हलमा हुदैछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि
वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुन लागेको हो ।
एमालेका महासचिव शंकर पोखरेलका अनुसार बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने पनि बताए ।
यस्तै बैठकले मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट( चिवाभज्याङ यात्राको समीक्षा हुने बताईएको छ । बैठकमा आगामी दिनमा वार्षिक कार्ययोजनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।
साथै बैठकमा एकजना विशिष्ट व्यक्तिलाई’गणतन्त्र गौरव सम्मान’ प्रदान गरिने पनि तय भएको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत अन्य पार्टीका शिर्ष नेताहरुलाई पनि निमन्त्रणा पठाइएको छ ।








प्रतिक्रिया दिनुहोस