आज:  | Fri, 03, May, 2024

म्याग्दीमा निर्माण कम्पनीको टिपर दुर्घटना हुँदा १ को मृत्यु, ३ जना घाइते

८ बैशाख २०८१, शनिबार १७:४० मा प्रकाशित ( १ हफ्ता अघि) १९३ पाठक संख्या
नारी बाटिका


बेनी ८ वैशाख ।

म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा परी तीनजना घाइते छन् ।आज (शनिबार) बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट जाँदै गरेको लु२ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सवारीसाधन र निर्माण उपकरणको मर्मत गर्ने मिस्त्री (कामदार( भएको खुले पनि नाम र ठेगाना भने अझै नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

टिपर दुर्घटनामा घाइते भएका चालक सहित तीन जनाको चिमखोला स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको छ । थप उपचारका निम्ति घाइतेलाई हेलिकोप्टर मार्फत पठाउने तयारी भइरहेको रघुगंगा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताएका छन् ।

दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनी जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्स्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए ।

दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्यचौकीमा उपचारका निम्ति पुर्‍याएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस