आज:  | Fri, 03, May, 2024

कतारका राजा अमिर आज २ दिने राजकीय भ्रमणमा नेपाल आउँदै

११ बैशाख २०८१, मंगलवार ०७:४९ मा प्रकाशित ( १ हफ्ता अघि) १९७ पाठक संख्या
नारी बाटिका


काठमाडौ ११ वैशाख ।

कतारका राजा अमिर राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आज नेपाल आउँदै, छन् । राजा अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालमा वैशाख ११ र १२ गते दुईदिने राजकीय भ्रमण गर्दै छन् । उनी भ्रमणका क्रममा मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल उपस्थिती हुने कार्यक्रम छ। कतारका राजा अमिरको नेपालको राजकीय भ्रमणमा सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको यिो।

यससंगै सरकारले कतारसँग गर्ने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने निर्णय भएको छ । राजा अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गर्नु भएको छ।

यस्तै राजा अमिर शेख थानीले भोली वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । मन्त्रिपरिषद्को शोमबार बसेको बैठकले नेपाल र कतारबिच हुने विभिन्न विषयका समझदारी पत्रहरू स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यसैगरी युवा तथा खेलकुद सहयोग सम्बन्धी यसै भ्रमणका क्रममा नेपाल र कतारबिचको समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । साथै दुवै सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

भ्रमणकै क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बिच समाचार आदानप्रदान सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर हुने तय भएको छ ।

यसैबिच कतारमा कार्यरत नेपाली कामदारको सुरक्षा तथा हितको लागी छलफल हुनेछ । तर नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयमा भने विवरण सहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक रुपमा कुनै प्रतिक्रिया नआइनसकेको जनाएको छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । राजा अमिर थानी भोली (वैशाख) १२ गते नै अपराह्न काठमाडौँबाट स्वदेशतर्फ प्रस्थान गर्ने छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस