आज:  | Sun, 05, May, 2024

महोत्तरीको मटिहानी नगरपालिका.६मा भिषण आगलागी,हुंदा१००भन्दा बढी घर जलेर क्षति

१२ बैशाख २०८१, बुधबार १८:२९ मा प्रकाशित ( १ हफ्ता अघि) १६१ पाठक संख्या
नारी बाटिका


महोत्तरी १२ वैशाख ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ६ मा आगलागी, हुंदा १०० भन्दा बढी घर जलेर क्षति पुगेको छ । बुधबार महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी हुंदा उक्त आगलागीमा परी संयौ घर जलेर नष्ट भएका छन् ।

साथै आगलागीबाट करौडौ रुपैयाको सम्पत्तीको क्षति समेत भएको पारम्भिक अनुमान टोलीले जनाएको छ ।

मटिहानी नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार आज दिउँसो करिब २ बजेवाट सुरु भएको आगलागी ३ घण्टासम्म पनि नियन्त्रणमा आउन सकेको थिएन ।

उक्त गाउँमा दिउँसोको समय एकाएक आगलागी भएपछी नगरप्रमुख मण्डलले आफ्नो फेसवुकवाट स्टाटस लेखी आगलागी भएको जानकारी दिँदै सबैलाई सहयोगको लागि अपिल गरेका थिए ।

उक्त घटना सार्वजनिक भए लगतै मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी,हरु घटनास्थलमा पुगेका थिए ।

यसैगरी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीय वासीहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेतापनि नियन्त्रणमा आउँन निकै कठिन अबस्था देखिएको थियो ।

पछिल्लो समयमा देशको जताततै आगलागीका घटनाहरु तिब्रगतिमा बढिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस