आज:  | Mon, 06, May, 2024

सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको दमकल नै डढेलोमा परी जलेर नष्ट

१२ बैशाख २०८१, बुधबार १९:०४ मा प्रकाशित ( १ हफ्ता अघि) ३४७ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १२ वैशाख ।

रुपन्देहीको एक सामुदायिक वनमा डढेलो निभाउन गएको दमकल नै डढेलोमा परी जलेर नष्ट भएको छ । बुधबार दिउँसो रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ गणेश नगरको सामुदायिक वनमा लागेको डढेलो निभाउन गएको दमकल नै डढेलोमा परी जलेर क्षति भएको हो ।

यस घटनाको सूचना पाउनासाथै नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकल डढेलो निभाउन नगरपालिकाले फेरी पठाएको थियो। आगो निभाउन गएको दमकल आफैँ आगोमा परेपछी स्थानीवासीहरु आत्तिएका थिए ।

तिलोत्तमा नगरपालिकाका सूचना अधिकारी माधव पोखरेलले आगलागीबाट दमकलको अगाडिको भाग पुरै जलेको बताएका छन् । तर सो घटनाबाट दमकल लगायतमा के कति क्षति भयो भन्ने बारे बिवरण तयारी गर्ने काम भइरहेको जनाएका छन्।

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा दमकलमा डढ्न थालेपछी चालकले भने भागेर ज्यान बँचाएका छन्। चालकका अनुसार आज दिउँसो चारैतिरबाट हावाहुरी एक्कासी आयो र आगो निभाउन जंगलमा पुगेको दमकलमा आगो सल्कियो, निकाल्न पनि सकिएन, अगाडीको भाग पुरै जलेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस