आज:  | Sun, 05, May, 2024

धादिङको त्रिशुली नदीमा जलयात्रा (याफ्टिक) अवैधानिक रुपमा संन्चालन भएकोले रोक लगााईयो

१४ बैशाख २०८१, शुक्रबार ०७:३० मा प्रकाशित ( १ हफ्ता अघि) १७३ पाठक संख्या
नारी बाटिका


बिवियु -नारी बाटिका संवाददाता

धादिङ -१४ वैशाख ।

धादिङको पृथ्वीराजमार्ग क्षेत्रस्थित त्रिशुली नदीमा संन्चालित जलयात्रा (याफ्टिक) संन्चालनमा जिल्ला प्रशासन कार्यलयले रोक लगाएको छ । मुलुकको पर्यटन क्षेत्रको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको व्यवसाय भएतापनि उत्तः क्षेत्रमा संन्चालित जलयात्रा (याफ्टिक) अवैध र असुरक्षित रहेको पाईएकोले रोक लगाईएको हो ।

सो क्षेत्रमा संन्चालन भैरहेको जलयात्रा (याफ्टिक) सम्बन्धित निकायबाट सञ्चालन गर्ने अनुमति नलिई तथा सेवा लिने यात्रु र सेवाग्राहीको सुरक्षा बिमा समेत नगरी सञ्चालन भएको पाईएको हुँदा जिल्ला प्रशासन कार्यालय धादिङले देहायका ७ वटा (याफ्टिङ सेवा प्रदायक होटल तथा रिसोर्टहरूलाई अनुमति र बिमा सम्बन्धी कागजात पेश नगर्दा सम्मका लागि (याफ्टिङ सेवा बन्द गर्न निर्देशन दिएको छ।

१. नेचुरल रिसोर्ट, बेनिघाट रोराङ(५, धादिङ ,२. रोयल रिभर साइट (याफ्टिङ रिसोर्ट, बेनिघाट रोराङ(३, धादिङ ,३. माईलस्टोन भिलेज रिसोर्ट, बेनिघाट रोराङ(५, धादिङ ,४. होलिडे विच रिसोर्ट, बेनिघाट रोराङ(७, धादिङ,५. चरौंदी विच रिसोर्ट, बेनिघाट रोराङ(७, धादिङ,६. विग सि रिसोर्ट, बेनिघाट रोराङ(३, धादिङ र ७( बुढी गण्डकी रिसोर्ट, बेनिघाट रोराङ(३, धादिङ । रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस