आज:  | Wed, 08, May, 2024

इलाम क्षेत्र नं. २ माअहिले बिहान ७ बजेदेखी मतदान शुरु

१५ बैशाख २०८१, शनिबार ०७:४० मा प्रकाशित ( १ हफ्ता अघि) १६३ पाठक संख्या
नारी बाटिका


इलाम- १५ वैशाख ।
पुर्व निर्धारित समय अनुसार इलाम क्षेत्र नं. २ को उपनिर्बाचनको अहिले बिहान ७ बजेदेखी मतदान शुरु भएको छ । यसैगरी आजै बझाङमा उप निर्बाचनका लागी मतदान कार्य हुंदैछ। इलाम क्षेत्र नं. २ मा सुरु भएको सबै १४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

मतदान कार्यमा शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ७४५ कर्मचारी, एक हजार ५२३ नेपाल प्रहरी, ७१० सशस्त्र प्रहरी बल, ४५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना सुरक्षा जनशक्ति परिचालन भएका छन्।

यस उपनिर्बाचनमा एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् । निर्बाचन आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता भएको आयोगले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस