आज: २०८३ भाद्र ११, बिहिबार | Thu, 27, Aug, 2026

उपनिर्बान अपडेट : बझाङको प्रदेशसभा १ मा कांग्रेसलाई अग्रता

२०८१ बैशाख १७, सोमबार मा प्रकाशित ( २ साल अघि) ९५७९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १७ वैशाख ।

पछिल्लो जानकारी अनुसार ईलाम २ मा नेकपा एपालेका सुहाङले फराकिलो मतले अग्रता लिई रहेका छन् । तर बझाङको प्रदेशसभा १ मा भने कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले झिनो मतले अग्रता लिई रहेका छन्।

पछिल्लो मत गणनाको परिणाम अनुसार सिंहले ७ हजार ४ सय ९२ मत ल्याएका छन्। यसैगरी एमालेका दमनबहादुर भण्डारीले ७ हजार २ सय २८ मत प्राप्त गरेका छन्। भण्डारी २ सय ६४ मतले मात्रै पछाडि परेका हुन्।

यस्तै प्रदेशसभा सदस्यका अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९४ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन्। त्यहाँ २० हजारभन्दा बढी मत गनिसकिएको छ।

अव करिब १० हजार मत मात्रै गन्न बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस