
काठमाडौँ -१८ वैशाख।
करिव एक महिनाअघि पर्वतमा भएको दम्पती हत्यामा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई सार्वजनिक गरेको हो । पक्राय पर्नेमा पर्वतका ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र ३२ वर्षीय दीपक दर्जी रहेका छन् ।
पर्वतको जलजला गाउँपालिका(२ दहमा गत चैत १९ गते ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६३ वर्षीया गमला घर्ती क्षेत्रीको हत्या भएको अवस्थामा आफ्नै घरमा मृत भेटिएका थिए ।
हत्यामा संलग्न अभियुहरु कृष्ण जलजला(२ नेपानेका हुन् । उनीहरु पर्वतको कुश्मा(२ फुर्कोट स्थायी घर भएका दीपक कास्कीको पोखरा(८ नयाँ बजारमा बस्दै आएका थिए। लुटपाट गर्ने उद्देश्यले दम्पतीको हत्या भएको सीआईबीको दाबी छ ।












प्रतिक्रिया दिनुहोस