
नारी बाटिका
काठमाडौँ -२० वैशाख ।
बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेपछी बुटल नगर क्षेत्रका विद्यालय दुई दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण उक्त क्षेत्रका तातो हावा चल्न थालेपछी विद्यालय दुर्इ दिनको लागी बिदा गर्ने निर्देशन दिएको हो ।
वर्षा भएको छैन र जताततै यतिबेला खडेरी परिरहेको छ । तराई क्षेत्रमा भने गर्मी मौसममा विशेष तातो हावा चल्ने गर्दछ । जसका कारण बुटवलमा निकै गर्मी बढेपछी वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो ।
गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विज्ञप्ति मार्फत जनाएका छन् ।








प्रतिक्रिया दिनुहोस