
धनुषा २४ वैशाख ।
आज धनुषाको जनकपुरमा सहकारी का एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।
आज जनकपुरस्थित शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट मोटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएका हुन् ।
आज (सोमबार) महतोले राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजादै गर्दाको अबस्थामा सो रकम लुटिएको हो ।
धनुषा जिल्ला प्रहरीले यस घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस