आज:  | Sun, 19, May, 2024

जनकपुरमा सहकारीको ८० लाख रूपैयाँ लुटियो

२४ बैशाख २०८१, सोमबार १४:५२ मा प्रकाशित ( १ हफ्ता अघि) १३४ पाठक संख्या
नारी बाटिका


धनुषा २४ वैशाख ।

आज धनुषाको जनकपुरमा सहकारी का एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।

आज जनकपुरस्थित शुभ श्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोबाट मोटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएका हुन् ।

आज (सोमबार) महतोले राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजादै गर्दाको अबस्थामा सो रकम लुटिएको हो ।

धनुषा जिल्ला प्रहरीले यस घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस