
नारी बाटिका
पोखरा २६ वैशाख ।
पोखरामा ज्यान मार्ने मुद्दामा फरार रहेका दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका(२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका(३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
बस्नेतको रेष्टुरेन्टमा यही वैशाख २२ गते राति आएका एक व्यक्तिलाई बस्नेतले कुटपिट गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलिले उनलाई पक्राउ गरेको हो ।
तालचोकबाट पक्राउ परेका दोहोरी साँझका संन्चालक बस्नेत उपर कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस