आज: २०८३ आश्विन ५, सोमबार | Mon, 21, Sep, 2026

असोज ८ देखि १२ गतेसम्म चक्रपात हुन सक्ने पुर्वानुमान गरी उच्च जोखिमको खतरा

२०८३ आश्विन ५, सोमबार मा प्रकाशित ( ३६ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ ५ असोज ।

बंगालको खाडी अन्तर्गत उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भइरहेको पछिल्लो मौसमी वायुको न्यूनचापीय प्रणालीका कारण यसै असोज ८ देखि १२ गतेसम्म नेपालमा चक्रपातको सम्भावना देखिएको छ।

नेपालमा हुने मौसमी वदलीमा जल तथा मौसम विज्ञान विभागले सम्भावित प्रणालीको निरन्तर निगरानी गरिरहेको छ । यद्यपि आगमी असोज ८ गतेबाट नेपालमा भारी वर्षा गराउन सक्ने पुर्वानुमान गरेको भएपनि प्राकृतिक प्रकोपको पुर्वानुमान तथा जोखिमको वास्तविक स्तर र सम्भावित असरबारे अहिल्यै यकिन गर्न नसकिने जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अद्यावधिक सूचना अनुसार उक्त न्यूनचापीय प्रणाली अझै बलियो बन्दै पश्चिम(उत्तरपश्चिमतर्फ सर्दै जाने अनुमान गरिएको छ ।

उता भारतीय मौसम विभागले गरेको पछिल्ला प्रक्षेपण अनुसार यो प्रणाली सेप्टेम्बर २१ सम्म न्यूनचापीय क्षेत्रबाट डिप्रेसन र सेप्टेम्बर २२ सम्म गहिरो डिप्रेसनमा विकसित भई सेप्टेम्बर २३ तिर दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ।

त्यस्तै,थाइल्यान्ड र म्यानमार क्षेत्रबाट अघि बड्दै गरेको यस प्रणाली बंगालको खाडीमा पुगेर चक्रवातमा परिणत भएमा, यस वर्ष सन् २०२६ को उत्तर हिन्द महासागर क्षेत्रको पहिलो उष्णकटिबन्धीय चक्रवात बन्ने पुर्वानुमान गरिएको हो ।

नेपालमा जल तथा मौसम विज्ञान विभागले यस प्रणालीको निरन्तर अनुगमन गरिरहेको जानकारी दिँदै आवश्यकता अनुसार थप सूचना अद्यावधिक गर्दै जाने जनाएको छ । तर स्वतन्त्र मौसमविद्हरूले भने विभिन्न पूर्वानुमान मोडेललाई उद्धृत गर्दै नेपालमा उच्च सतर्कता अपनाउनु पर्ने बताएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गरी असोज ८ देखि ११ गतेसम्मको अवस्था गम्भीर देखाइरहेको भन्दै सुदूरपश्चिमबाहेकका क्षेत्रमा असोज ८, ९ र १० गते लामो दूरीको यात्रा स्थगन गर्न पनि मौसमविद्हरुको सुझाव छ।

सम्भावित जाखिमको पुर्वानुमान गरी सर्वसाधारणलाई नआत्तिन तर हदैसम्म सावधान रहन आग्रह गर्दै तयारीमा कुनै कमी नगरी सतर्कता अपनाउन भने उहाँहरुको सुझाव छ ।

नेपालमा यस वर्षको वर्षायाम करिव करिव सकिनै लागेनि निरनतरको साना ठुला वर्षाले जमिन पहिले नै भिजिसकेका का।ण छोटो समयमा भारी वर्षा भएको अवस्थामा पहिरो, भूक्षय, खोलानालामा अचानक बाढी आउने र सहरी क्षेत्रमा डुबानको जोखिम उच्च रहन्छ।

यसमा पनि नेपालमा भदौ १० गते भोटेकोशीको रसुवा हुंदै आएको ठूलो बाढीपछि नदीको बहाव पनि हालसम्म बढी रहेकै अवस्था छ भने उक्त विनाशकारी बाढैले प्रभावित नदी किनारको भू(आकृतिमा परिवर्तन आएको अवस्था छ । यो वर्षा त्यस क्षेत्रका लागि अझ संवेदनशील बन्न सक्ने पुर्वा आँकलन गरी मौसमविद्हरुले यस्तो सुझाव दिएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस