
काभ्रेपलाञ्चोक २८ वैशाख।
काभ्रेपलाञ्चोक जिल्लामा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । काभ्रेको पाँचखाल नगरपालिका–४ जिरोकिलोस्थित विराजे खोल्सा भन्ने जङ्गलमा आज बिहान एक पुरुषको शव फेला परेको हो।
मेलम्ची सडकखण्डबाट जिरोकिलो करिब ५० मिटर तल खोल्सामा एक पुरुषको मुखमा र छातीमा फलामे तारले बाँधेर रुखमा बाँधी आगो लगाइएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको हो ।
अन्दाजी २५ वर्ष उमेरको हुन सक्ने उक्त पुरुषको शव पहिचान खुल्न नसकेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार स्थानीयले बिहान खबर गरेपछि प्रहरीचौकी पाँचखालको प्रहरी टोली आज बिहान करिब ८ बजे घटनास्थल पुगेको थियो ।
शवको प्रकृति हेर्दा घटना करिब दुई हप्ताअघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको बारमो थप अनुसन्धानका लागि काठमाडौँबाट तालिम प्राप्त कुकुर ल्याइने प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस