
नारी बाटिका
काठमाडौँ ०१ जेठ।
केही दिनदेखी नेपालमा वर्षा भैरहेको छ । हाल पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङ सहित हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने मेघगर्जन, हावाहुरी र चट्याङ सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले जनाए अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङ सहितको हल्का वर्षाको सम्भावना छ ।
यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।







प्रतिक्रिया दिनुहोस