आज:  | Sat, 27, Jul, 2024

धादिङमा नसर्ने रोग सम्वन्धि नि:शुल्क स्वास्थ्य शिविर संन्चालन

१ जेष्ठ २०८१, मंगलवार १९:२४ मा प्रकाशित ( २ महिना अघि) २३७ पाठक संख्या
नारी बाटिका



बिबियु -नारी बाटिका संवाददाता

धादिङ,१ वैशाख ।

जिल्ला काराघर धादिङका कैदीवन्दीहरुको लागी नसर्ने रोग सम्वन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

गैसस महासंघ र स्वास्थ्य कार्यलय धादिङको सयुक्त आयोजनामा भएको शिविरमा धादिङ काराघरभित्र  भएका १ सय ९१ जना पुरुष र १८ जना महिला कैदीवन्दीहरुले सेवा लिएका छन् ।

मंगलबार सम्पन्न भएको सो स्वास्थ्य शिविरमा उच्च रक्तचाप, सुगर,पिसाव,एचआईभी एड्स् ,क्षयरोग लगायतको निशुल्क स्वास्थ्य परिक्षण भएको हो ।

उक्त स्वास्थ्य शिविरमा धादिङ अस्पतालका विषय विज्ञहरुले सेवा दिएका थिए । गैसस महासंघ धादिङका अध्यक्ष शालिकराम दुवाडीले दिएको जानकारी अनुसार शिविरमा २ सय ९ जनाले निःशुल्क सेवा पाएका छन् ।


पछिल्लो समयमा अन्य देशमा जस्तै नेपालमा पनि नसर्ने रोगको समस्याले मानिसको स्वास्यमा निकै समस्या देखा पर्ने गरेको छ ।


सर्ने रोग भन्दा नसर्ने रोगमा मानिसहरुले तेती वास्ता नगर्ने र रोगबाट बच्नको लागी जोखिम हुने भएकोले सरकारले हरेक वर्ष मे महिनालाई नसर्ने रोग बाट बच्नको लागी स्वास्थ्य सचेतनाका कार्यक्रम गर्दै आईरहेको छ ।

जस अनुसार स्वास्थ्य कार्यलय धादिङ संग सहकार्य गरी गैसस महासंघ धादिङले मे १ देखी समुदायस्तरमा नसर्ने रोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविर संन्चालन गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस