आज:  | Tue, 21, Jan, 2025

जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्ड १६ दिन बन्द हुने

६ जेष्ठ २०८१, आईतवार ०७:३३ मा प्रकाशित ( ८ महिना अघि) ९३० पटक पढिएको
नारी बाटिका


रासस

तनहुँ ६ जेठ ।

तनहुँको सदरमुकाम दमौली(जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी सडक खण्ड १६ दिनसम्म बन्द हुने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्ड स्तरोन्नतिका काम भइरहेकाले आजदेखि जेठ २१ गतेसम्म बाटो पूर्णरूपमा बन्द ग भएको हो ।

पूर्वाधार विकास कार्यालयका अनुसार रानीटारीदेखि हर्षपुरसम्मको बाटो बन्द गरिएको जनाएको छ । व्यास–वडा नं.५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा सडक स्रोन्नति भइरहेको जानकारी दिँदै कार्यलयले वैकल्पिक मार्ग अपनाउन सो क्षेत्रबाट गुड्ने सवारी चालक तथा यात्रीलाई अनुरोध गरेको छ ।

व्यास नगरपालिका(५ रानीटारीदेखि म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नाला सहितको सडक विस्तार कार्य धमाधम भैरहेको छ।

सो सडकखण्डको अन्तर्रगतको कुल एक हजार ९५० मिटर ढलान गर्नु पर्नेमा हालसम्म एक हजार ६०० मिटर काम पूरा भएको बताईएको छ । साथै नौ किलोटिर नाला लामो नालाको काम कार्य भने लगभग पुरा भैसकेको कार्यलयले बताएको छ । ‘यस्तै आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिने भएको छ भने ‘उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति पनि भएको सवडिभिजन कार्यलयले बताएको छ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस