आज:  | Sat, 15, Feb, 2025

आवश्यक परे अझै १०/१२ पटक विश्वासको मत लिन्छु”काग्रेसलमई प्रधानमन्त्री दाहालको चेतावनी

७ जेष्ठ २०८१, सोमबार १६:०६ मा प्रकाशित ( ९ महिना अघि) १५२८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ७ जेठ ।

चौथो पटक प्रतिनिधिसभाबाट विस्वासको मत पाएपछी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई चेतावनी दिनु भएको छ । उहाँले कांग्रेसले आउने चुनावमा देख्छ, अझै आवश्यक परे म १०।/२ पटक यस सभाबाटै विस्वासको मत लिनेछु, उहाँको भनाई रहेको थियो ।

‘काँग्रेसले अहिले गरेको संसद अवरोधको बदलामा आगामी चुनावमा ठूलो मूल्य चुकाउनु पर्ने बताउनु भएको छ । कांग्रेसलाई आफूले पटक पटक सहयोग गरेको तर संविधान अनुसार आफूले विश्वासको मत लिने बेला अवरोध गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले संसदमा बोल्ने क्रममै कांग्रेसले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनु भएको हो ।

शोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएर संसद भवनबाट बाहिरिने क्रममा कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्ने हौ ? भनेर संचारकर्मीले सोधेको प्रश्नमा उहाँले भन्नु भयो, आउँदो चुनावमा कांग्रेसले देख्छ”।’ उहाँले नेपालमा मात्र होइन विश्वमै रेकर्ड बनेको भन्दै आवश्यक परे आफुले १०/१२ पटक विश्वासको मत लिने पनि बताउनु भयो ।

‘अझै थप्दै उहाँले भन्नु भयो नेपालमा मात्र होइन विश्वकै रेकर्ड बनेको छ। आवश्यक पर्‍यो भने म अझै १०/१२ वटा विश्वासको मत लिन्छु’ उहाँको भनाई थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस