आज:  | Sat, 27, Jul, 2024

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरूद्ध पक्राउ पुर्जी जारी

८ जेष्ठ २०८१, मंगलवार १८:२३ मा प्रकाशित ( २ महिना अघि) २५० पाठक संख्या
नारी बाटिका


  1. काठमाडौँ ८ जेठ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया विरूद्ध पक्राउ पुर्जी जारी भएपछि उहाँ रिट दायर गर्न सर्वोच्च अदालत जानु भएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार सिरोहिया विरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएसंगै उहाँ रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।

उहाँले जिल्ला अदालत धनुषाको पक्राउ पुर्जी बदर गरिपाऊँ भनेर रिट ल्याएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

सूचना अधिकारी घिमिरेका अनसार, ‘पक्राउ पुर्जी बदर गरिपाऊँ भन्ने खालको रिट लिएर सिरोहिया सर्वाैच्च आउनु भएको बताउनु भयो । हामीले यसबारे अध्ययन गरिरहेका छौँ।’ सुचना अधिकारी घिमिरेको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस