
नारी बाटिका
काठमाडौं १० जेठ ।
नाबालिकालाई यौन धन्दामा लगाउने नुवाकोटकी एक महिला पक्राउ परेकी छन् । पक्रउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका(५ घर भई काठमाडौं महानगरपालिका(१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको हो ।
निज लामाले नाबालिकालाई प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको गोप्य सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । लामालाई उपत्यकाको बबरमहलबाट खटिएको प्रहरीको अनुसन्धान व्यूरोले काठमाडौं महानगरपालिका(३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो । पीडित बालिकालाई प्रहरीले उद्दार पनि गरेको छ ।
जबरजस्ती नाबालिकालाई वेश्यावृत्तिमा लगाउन लामा उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी उक्त घटना सम्बन्धमा प्रहरी ब्युरोले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस