आज:  | Sat, 27, Jul, 2024

बाख्राले बाली खाएको वादविवादमा भरूवा बन्दुक प्रहार गरी ६३ वर्षीय वृद्धाको हत्या

१२ जेष्ठ २०८१, शनिबार १९:१० मा प्रकाशित ( २ महिना अघि) २८१ पाठक संख्या
नारी बाटिका


भोजपुर १२ जेठ ।

प्रहरीले हत्या अभियोगमा दुई स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका(४ नागी बस्ने ६३ वर्षीय राज कुमार राईलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय मणी प्रसाद राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाख्राले बाली खाएको निहुँमा वादविवाद हुँदा मणी प्रसादले बन्दुक प्रहार गर्दा राज कुमारको घटनास्थलमै मृत्यु भएको हो । सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई बन्दुक सहित हिजो पक्राउ गरेको थियो ।

त्यस्तै पर्सा, सखुवा प्रसौनी गाउँपालिका९४ प्रसौनी टोल बस्ने ५० वर्षीय ललाई हजरा दुसादलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय सुवाष हजरा दुसादलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भैंसी चराउन संगै गएका दुई व्यक्तिबिच वादविवाद हुँदा सुवाषले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ललाई हजराको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । सो घटना बारे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा खबर प्राप्त हुनासाथ सोही कार्यलयबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

दुबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस