आज:  | Sat, 27, Jul, 2024

देशभरका बालबालिकालाई आजदेखि पोलियो विरुद्धको खोप अभियान

१३ जेष्ठ २०८१, आईतवार ०७:४३ मा प्रकाशित ( २ महिना अघि) १६४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ जेठ ।

सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियो विरुद्धको खोप अभियान संन्चालन गर्दैछ । बालबालिकालाई पोलियो विरुद्धको खोप अभियान दुई हप्तासम्म चल्ने छ भने यस अभियान मार्फत पोलियो विरुद्धको खोप ‘आईपीभी’ दिइने भएको छ ।

त्यस्तै यसअघि खोप लगाउन छुटेका बालबालिकाले यसै अभियानमा खोप लगाईने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए। नेपालमा पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागेको उनको भनाई छ । पोलियोबाट बचाउन देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’लगाइने योजना छ ।

गौतमका अनुसार यस अभियानमा २०७३ वैशाखदेखि २०७५ साल असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउन लागिएको हो। सन् २०१६ देखि २०१८ को बीचमा ‘आइपीभी’ खोप उत्पादन हुन नसकेपछि यस उमेर समूहका बालबालिकाहरु पोलियो खोप लगाउनबाट छुटेका थिए।

साथै दुई साता लामो खोप अभियान संन्चालनका निम्ति सरकारलाई ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ । जस अनुसार नियमित तर्फ पोलियो विरुद्ध ६ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । सरकारले सन् २०२६ सम्म पोलियो रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस