आज: २०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

आजको मौसम : यी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

२०८१ जेष्ठ १४, सोमबार मा प्रकाशित ( २ साल अघि) १२८०५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १४ जेठ।

आज देशका यी प्रदेशमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । हाल नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भू(भागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ।

जसका कारण आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा साधरणतया बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने मौसम पुर्वामानमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

यस्तै आज (शोमबार) कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस