आज:  | Sat, 27, Jul, 2024

गृहमन्त्री लामिछानेको पदमुक्त गर्न माग गर्दै आज सर्वोच्चमा रिट दायर

१४ जेष्ठ २०८१, सोमबार १८:१३ मा प्रकाशित ( २ महिना अघि) १९८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १४ जेठ ।

सहकारीको रकम हिनामिना प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग राखी सर्वोच्च अदालतमा रिट परेको छ । आज लामिछाने विरुद्द अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

सो रिटको आगामी जेठ १६ गते (बुधबार) पेशी तोकिएको छ । रिटमा सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग सहित सर्वोच्चमा रिट दर्ता गरिएको हो ।

यसअघि भने उक्त रिट दरपिठ भएपछी बदरको माग गरी इजलासमा निवेदन दिएपछि अदालतले दर्ता गर्न आदेश भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस